अमेरिकाले लगाएको कर विश्व अर्थतन्त्रलाई ठूलो धक्का : ईयू विश्वका नेताहरूद्वारा चिन्ता व्यक्त, बदला लिने चीनको चेतावनी
युरोपेली सङ्घ (ईयू) की अध्यक्ष उर्सुला भान डेर लेयनले अमेरिकाले लगाएको भन्सार करलाई विश्व अर्थतन्त्रमा ठूलो धक्का भएको बताउनुभएको छ । ईयू प्रमुख लेयनले यसले गम्भीर परिणाम ल्याउने, विश्वव्यापी अर्थतन्त्रमा ठूलो क्षति पुर्याउने, अनिश्चितता बढ्ने र करोडौं मानिसले नोक्सान बेहोर्नुपर्ने बताउनुभएको बीबीसीले जनाएको छ । ईयू प्रमुखले अमेरिकी करलाई लिएर युरोपको एकतामा जोड दिनुभएको छ […]
English 

















































































































































