युद्धका कारण गाजामा पाँच प्रतिशतभन्दा कम कृषि भूमि प्रयोगयोग्य : खाद्य सङ्कट र भोकमरीको जोखिम थप गम्भीर

युद्धका कारण गाजा क्षेत्रमा पाँच प्रतिशतभन्दा कम कृषि भूमि प्रयोगयोग्य रहेको संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले जनाएको छ । यो अवस्थाले त्यस क्षेत्रका बासिन्दालाई खाद्य सङ्कट र भोकमरीको जोखिम थप गम्भीर बन्ने सङ्केत देखिएको छ । एफएओले भर्खरै सार्वजनिक गरेको तथ्याङ्कानुसार अप्रिलको अन्त्यसम्म ८० प्रतिशतभन्दा धेरै कृषि क्षेत्र क्षतिग्रस्त भइसकेको छ । […]

बिद्यालयलाई प्रविधी मैत्री बनाउन जिबिओको प्रशंसनीय कदम

मोरङ । वीरेन मगर, तपाईले विद्यालय अध्ययनरत आफ्ना बच्चाको प्रगति विवरण के कसरी नियाल्दै हुनुहुन्छ ? के घरमै बसीबसी केवल एक क्लिकमा आफ्ना बच्चाको प्रगति विवरण हेर्न मिल्ला ? के यो सम्भव छ ? पक्कै पनि आजको आधुनिक युगमा यो प्रणाली सम्भव छ । नेपालका थोरै विद्यालयहरूमा मात्र लागु गरिएको यो प्रणालि ग्लोबल भुट्नीज अर्गनाइजेसनले […]

अमेरिकामा इजरायली दूतावासका दुई जना कर्मचारीको गोली हानी हत्या

अमेरिकाको वाशिङ्गटन डीसीको डाउनटाउमा रहेको यदूही सङ्ग्रहालयबाहिर इजरायली दूतावासका दुई जना कर्मचारीको गोली हानी हत्या भएको छ । अमेरिकी गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले यो घटनाको पुष्टि गर्नुभएको छ । घटनामा एक पुरुष र एक महिलालाई गोली लागेको सीबीएस न्युजलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । क्यापिटल यहूदी सङ्ग्रहालयमा आयोजित एक कार्यक्रमबाट बाहिर निस्केपछि उनीहरूमाथि […]

इजरायलको सुरक्षा सुनिश्चित गरे युद्ध अन्त्य गर्ने प्रधानमन्त्री नेतान्याहूको शर्त

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलको सुरक्षा सुनिश्चित गर्ने परिस्थितिमा युद्ध अन्त्य गर्न आफू तयार रहेको बताउनुभएको छ । इजरायली बन्धकहरूको रिहाइ र हमासको आत्मसमर्पण भएमा युद्ध रोक्ने नेतान्याहूको शर्त छ । उहाँले हमास नेतृत्वलाई गाजाबाट निष्कासन गरिनुपर्ने र सम्पूर्ण क्षेत्र हतियारमुक्त हुनुपर्ने अडान पनि लिनुभएको बीबीसीले जनाएको छ । यसैबीच गाजामा इजरायली आक्रमण भइरहँदा मानिसहरू हमाससँग […]

विश्वव्यापी तापक्रम वृद्धि १.५ प्रतिशत डिग्रीमै सीमित राख्दा पनि तटीय क्षेत्र खतरामा

विश्वव्यापी तापक्रम वृद्धिलाई १ दशमलव ५ प्रतिशत डिग्री सेल्सियसमा सीमित गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य पूरा भए पनि तटीय क्षेत्र खतरामा रहेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । आउँदा शताब्दीहरूमा विश्वले समुद्री सतहमा धेरै मिटर वा त्योभन्दा बढीको अत्यधिक हानिकारक वृद्धि देख्न सक्ने वैज्ञानिकहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । झन्डै दुई सय वटा देशले पृथ्वीको तापक्रम १ […]

यस वर्षको ‘बुकर’ पुरस्कार भारतीय लेखिका मुस्ताकलाई

यस वर्षको ‘बुकर’ पुरस्कार भारतीय लेखिका, वकिल एवम्सा माजिक अभियन्ता बानु मुस्ताकले प्राप्त गर्नुभएको छ । उहाँले कन्नड भाषामा लेखेको ‘हार्ट ल्याम्प’ पुस्तकका लागि बुकर पुरस्कार प्राप्त गर्नुभएको बीबीसीले जनाएको छ । यो पुरस्कार ‘हार्ट ल्याम्प’ पुस्तकको अङ्ग्रेजी अनुवादलाई प्रदान गरिएको हो । पुस्तकको अनुवाद दीपा भष्ठीले गर्नुभएको हो । हार्ट ल्याम्प अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्ने […]

गाजामा अहिलेसम्म कुनै पनि सहायता वितरण नभएको संयुक्त राष्ट्रसङ्घको भनाइ

गाजामा अहिलेसम्म कुनै पनि सहायता वितरण नभएको संयुक्त राष्ट्रसङ्घले बताएको छ । राष्ट्रसङ्घका अनुसार ११ हप्ताको नाका बन्दीपछि सहायता ट्रकहरू सीमा पार गर्न थाले पनि सहायता सामग्री भने वितरण भएको छैन । इजरायली अधिकारीहरूले हिजो ९३ वटा ट्रक गाजामा प्रवेश गरेको बताएका छन् । ट्रकमा आटा, शिशु खाना, चिकित्सा उपकरण र औषधिसहितको सहायता सामग्री रहेका […]

प्रवासी नेपाली मञ्च अमेरिकाको पत्रकार सम्मेलन सम्पन्न : चौथो अधिवेशनको तयारी अन्तिम चरणमा

अर्जुन प्रधान, अमेरिकामा स्थापित प्रतिष्ठित सामाजिक संस्था प्रवासी नेपाली मञ्च, अमेरिका ओभरसिज नेपाली फोरमले आगामी चौथो राष्ट्रिय अधिवेशनको सन्दर्भमा आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलन मे १८, २०२५ ९आइतबार० का दिन सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न सम्मेलनमा संस्थाको विगत, वर्तमान र आगामी योजनाहरूको समग्र चित्र प्रस्तुत गरियो। सम्मेलनले प्रवासी नेपाली समुदायको […]

मेक्सिकन नौसेनाको जहाज न्यूयोर्कमा दुर्घटना : दुई जनाको ज्यान गयो, १९ जना घाइते

मेक्सिकन नौसेनाको एउटा जहाज अमेरिकाको न्यूयोर्कमा रहेको ब्रुकलिन पुलमा ठोक्किएर दुर्घटना भएको छ । मेक्सिकन नौसेना प्रशिक्षण जहाज दुर्घटना हुँदा दुई जनाको ज्यान गएको र कम्तिमा १९ जना घाइते भएका त्यहाँका मेयर एरिक एडम्सलाई उद्धृत गरी बीबीसीले जनाएको छ । हिजो बेलुका पुलमा ठक्कर अघि जहाजले सन्तुलन गुमाएको थियो । अमेरिकी अधिकारीहरूले सदभावना भ्रमणमा रहेको […]

रुस-युक्रेन वार्तामा प्रगति भएमा टर्की जाने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार यदि प्रगति भयो भने उनी अझै पनि तीन वर्षभन्दा बढी युद्धको अन्त्य गर्ने उद्देश्यले गरिने पहिलो प्रत्यक्ष रुस–युक्रेन वार्ताका लागि टर्की जान सक्ने बताएका छन् । ‘तपाईंलाई थाहा छ, यदि केही भयो भने, यदि उचित भयो भने म शुक्रबार जानेछु’, ट्रम्पले कतारमा भने, ‘हामी विश्वलाई मनोवैज्ञानिकरूपमा मद्दत गर्न सक्छौँ । […]