अन्तर्राष्ट्रिय उडानको माग गर्दै भैरहवा विमानस्थल प्रवेशद्वारमा व्यवसायीको धर्ना
काठमाण्डाै – रुपन्देहीका व्यवसायीहरूले भैरहवाकाे गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार अगाडि भेला भएर प्रदर्शन गरेका छन् । उनीहरूले नियमित अन्तर्राष्ट्रिय उडान हुनुपर्ने मागसहित प्रदर्शन गर्दै एक घण्टा धर्ना दिएका हुन् । चेम्बर अफ कमर्स रुपन्देहीको नेतृत्वमा भएको प्रदर्शनमा व्यवसायी सम्बद्ध सङ्घ–संस्थाहरूको सहभागिता रहेको छ । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष दर्पण […]