झापा, १३ वैशाख — अमेरिकाबाट डिपोर्ट गरिएका भुटानी शरणार्थीहरूलाई आज झापास्थित बेल्डाँगी शरणार्थी शिविरमा आफन्तजनको जिम्मा लगाइएको छ।

झापा जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी (सि.डि.यो), मानवअधिकारकर्मी, शरणार्थी प्रतिनिधि तथा रेडक्रस सोसाइटी (आर.सि.यु)का प्रतिनिधिको उपस्थितिमा विशेष कार्यक्रमका बीच शरणार्थीहरूलाई परिवार तथा आफन्तजनलाई जिम्मा लगाइएको हो।

शरणार्थी व्यवस्थापन तथा पुनर्स्थापना प्रक्रियालाई सहज बनाउने उद्देश्यले यो पहल गरिएको अधिकारीहरूले जनाएका छन्। डिपोर्ट भएर फर्किएका शरणार्थीहरूको संरक्षण र सामाजिक पुनःसमायोजनका लागि स्थानीय निकाय तथा विभिन्न संघसंस्थाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

डिपोर्ट गरिएका शरणार्थीहरूको अवस्थाबारे नियमित अनुगमन गरिने र उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न आवश्यक पहल गरिने सम्बन्धित निकायहरूले जानकारी दिएका छन्।