सिरियाभर इजरायली हवाई गतिविधि तिब्र भएको छ । राजधानी दमास्कसका साथै मध्य र पश्चिमी प्रान्तहरूमा युद्धविमान आक्रमणहरू भएका हुन् । धेरै क्षेत्रहरूमा ड्रोन आक्रमण गरिएको छ ।
ग्रामीण दमास्कसमा इजरायली सेनालाई जिम्मेवार ठहराइएको ड्रोन आक्रमणमा शुक्रवार दिउँसो कानकर शहरमा चार जनाको मृत्यु भएको सिरियाली पत्रिका अल–वतनले रिपोर्ट गरेको छ ।
बेलायतमा आधारित युद्ध निगरानी गर्ने सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले रिपोर्ट गरेको छ कि हरास्ताको पूर्वी उपनगर वरपरको क्षेत्रलाई लक्षित गरी कम्तिमा १० हवाई आक्रमण गरिएको थियो । जसमा हरास्ता सैन्य अस्पताल नजिकैको सैन्य चौकी पनि समावेश छ ।