झापा । झापाको चारआलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
आज साँझ ५ः३० बजे मेचीनगर नगरपालिका–१३ प्रगति सामुदायिक वनस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको ना.३ ख.२३५३ को ट्रकले सोही दिशातर्फ जाँदै गरेको मे. ८ प.६४९८ न.को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–१० बस्ने ६८ वर्षीय टंकप्रसाद बराल गम्भीर घाइते भई अचेत अवस्थामा रहेका थिए। उनलाई उपचारका लागि विर्तामोडको बीएण्डसी अस्पताल पुर्याइएको थियो । बराललाई अस्पताल पुग्नसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतकको शव सोही अस्पतालमा रहेको प्रहरीले बताएको छ । ट्रक, ट्रक चालक पाँचथर फिदिम नगरपालिका–११ बस्ने ३८ वर्षीय ठालुप्रसाद एक्तेन (लिम्बू) र मोटरसाइकल प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।